Keep Eye On

Quotes for Life

Tuesday, February 2, 2016

Come And Visit Nepal

आउ आतिथी मेरो देश तिमीलाई कुरिरहेछ
Come And See, We are Waiting for You

बादल भित्र लुकेको
श्वेत हिमालको निस्कपट मुस्कान सहित
स्वोयम्भुका दुई आँखाले चियाइरहेछ
आउ आतिथी मेरो देश तिमीलाई कुरिरहेछ।।

आउ अतिथी केही लिएर आउ केही दिएर जाउ
केही साटेर जाउ केही बाडेर जाउ।।
निलो आकाश मुनिको मेरो देश हेर्न आउ
स्वोच्छ स्वोतन्त्र निस्चल सास फेर्न आउ।।
सेतो हिमाल टलक्क टल्केको हेर्न आउ
जात्जाती भेश्भुसा झल्केको हेर्न आउ ।।
कल्कल बग्ने ति मेची कोशी बगेको हेर्न आउ
सर्वोच्छ सिखर सगरमाथा अडेको हेर्न आउ ।।
भिन्नतामा एकताको बन्धन हेर्न आउ
मन्दिर गुम्बामा गुन्जने स्पन्दन सुन्न आउ ।।
बुद्धस्थल लुम्बिनीको शान्ती हेर्न आउ
शान्तिदिपको पवित्र न्यानो कान्ती हेर्न आउ।।
पहाड,पखेरा र भञ्ज्याङको बान्की हेर्न आउ
कर्णाली महाकालीको खान्की हेर्न आउ।।
आउ अतिथी आउ
स्वर्गको टुक्रा झरेको हेर्न आउ
ईन्द्रेनीको सप्तरङ सरेको हेर्न आउ।।
मुना-मदनले प्रित लाएको हेर्न आउ
वनका कोइलिले स्वागत धुन गाएको हेर्न आउ
आउ अतिथी मेरो देश तिमीलाई कुरिरहेछ।।

Keep smiling, Self believing and boosting your confidence. ;) 
PLEASE COMMENT ANYTHING THAT YOU WOULD LIKE TO KNOW OR ANY SUGGESTIONS ABOUT MY BLOG. 

KEEP VISITING MY BLOG. THANK YOU.

Follow me @ Instagram: Instanabin           
  @ Facebook: Nabin Bhusal      OR,       Email: Bnabinonly1@gmail.com
@Twitter: bnabinonly1 

No comments:

Post a Comment